एघारौं पोखरा महोत्सवमा घोडसवार गराइने
पाेखरा | पुस २०, २०७९
पोखरा: एघारौं पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकहरुलाई घोडसवार गराइने भएको छ । युनाईटेड क्लबको आयोजनामा आगामी पुषको २७ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा हुने एघारौं संस्करणको पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकहरुलाई घोडसवार गराइने भएको हो ।
घोडसवारको माध्यामबाट महोत्सवको अवलोकन संगै अमरसिंह नजिक रहेको पर्यटकीय गन्तब्यहरुमा पुग्न सकिने महोत्सव आयोजक संस्था युनाईटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । बख्रेलका अनुसार हरेक महोत्सवहरुमा नया पन दिदै आइरहेको र एघारौं संस्करणको महोत्सवमा पनि घोडसवार संगै अन्य मनोरञ्जनका गतिविधी समेत रहने वताए ।
बख्रेलका अनुसार पोखरा महोत्सवको आयोजना गरी क्लवले मुख्य उद्देश्यका साथ अगाडि वढाएको खुल्ला चिडियाखाना (पोखरा जुलोजिकल पार्क) पोखराको पचभैयामा निर्माणाधिन अवस्थामा रहेको छ । एघारौ पोखरा महोत्सव स्थल अमरसिंह चौरबाट महोत्सव अवधिभर चिडियाखाना अवलोकनको समेत ब्यवस्था मिलाइने बख्रेलले जानकारी दिए ।
महोत्सवको तयारी अन्तिम चरणमा पुगिसेको र महोत्सवमा स्थानिय उत्पादनको प्रदर्शनी एवं बिक्री, होमस्टेको प्रवद्र्धन, कृषि, हस्तकलाका सामाग्रीको प्रवद्र्धन एवं बिक्री संगै गण्डकी प्रदेशको कला संस्कृति झल्कने प्रस्तुतीहरु समेत रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

